
झापा, २९ असार । पछिल्लो २४ घण्टामा थप १४४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ६१३ रहेको छ । बितेको २४ घण्टामा थप १ हजार ७०५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाभाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

