
बनियानी, २९ असार । झापाको कचनकवल गाउँपालिकामा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ ।
झापा कचनकवल–३ का ३५ वर्षीय किलु टुडुलाई आज दिउँसो घर नजिकैको खहरे खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

खोला छेउमा हिडिँरहेका टुडु एक्कासी खोलामा लडेको र सोही खोलाको २०० मिटर तल किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

