
काठमाडौँ, ३० असार । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले अश्लील भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लील भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिनुभयो । अभियुक्त श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को क’सुरमा कारवाही गरिने ब्युरोले जनाएको छ । रासस
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

