
धरान, ३० साउन । कि आमा कि मामा भन्ने नेपाली उखानले मामालाई पनि आमाको जत्तिकै स्थान दिएको छ । तर, सुनसरीको दुर्गम क्षेत्रमा पर्ने धरान उपमहानगरपालिका–५ साउने टोलकी १७ बर्षीया एक किशोरीका लागि भने आफ्नै मामा अपराधी भएर निस्किए ।
छिमेकमै रहेका मामा झमकबहादुर बस्नेतले उनलाई बलात्कार गरे । बलात्कारविरुद्ध पीडित परिवारले प्रहरीमा उजुरी दिएको तीन महिना पुग्न लागे पनि पीडक अझै पक्राउ परेका छैनन् । ती किशोरीमाथि गत बर्ष फागुन २५ गते बलात्कारभएको थियो ।
कसैलाई भनेमा तिम्रो बुबा मारिदिन्छु भन्ने धम्की दिएका कारण पीडित किशोरीले गत जेठ अन्तिम साता मात्र घटनाबारे परिवारलाई जानकारी दिएकी थिइन् । त्यसपछि परिवारले गत असर ८ गते नै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको भए पनि अझै पीडक पक्राउ नपरेको अन्नपूर्ण टिभीमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

