
झापा, १७ साउन । झापाको दक्षिणी कचनकवल, गौरीगञ्ज, झापा र बाह्रदशी बाढीको उच्च प्रभावित क्षेत्र हुन् । यस्तै, शिवसताक्षी, भद्रपुर, गौरादह नगरपालिका र कमल गाउँपालिकाको दक्षिणी क्षेत्र उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लाका यी क्षेत्रमा मार्ई, रतुवा, बिरिङ, कमल, मेची, टाङ्टिङ, बनियानीलगायत नदी गाउँमा पसेर वितण्डा मचाउने गरेका छन् । यी क्षेत्र कोरोना महामारीले पनि थलिएका क्षेत्र हुन् ।
भारतसँग खुल्ला सीमा भएका यी स्थानीय तहमा भारतबाट आएका नेपाली नागरिकको चाप उच्च छ । विकास बजेटलाई रकमान्तर गरेर यी स्थानीय तहले क्वारेन्टाइन धानिरहेका छन् । सुरुवाती समयमा भारततबाट दैनिक आएका सयौँ नागरिकलाई व्यवस्थापन गर्दा उनीहरूलाई ठूलो आर्थिक भार प¥यो ।
कोरोना भाइरसको प्रभाव अझै बाँकी छ । कोरोना भाइरसका कारण थलिएका स्थानीय तह अहिले बाढीको त्रासमा छन् । ‘कोरोनाको प्रभाव पनि दक्षिणी क्षेत्रको स्थानीय तहमा धेरै देखिएको छ’, रेडक्रस झापा सभापति लोकराज ढकाल भन्छन्, ‘बाढीको जोखिम पनि यही क्षेत्रमा बढी देखिएको छ । अझै पानी पर्न बाँकी नै छ । यी स्थानीय तहलाई निकै मुस्किल परेको छ ।’
०७४ मा झापा गाउँपालिकाका १० जनाको ज्यान जाने गरी तथा हजारौँ घर विस्तापित गनेर् गरी गाउँ पसेको मार्ईले यसपटक पनि कटान सुरु गरेको छ । झापा गाउँपालिका–७ स्थित कचुदहबाट खोलाले क्रमशः कटान सुरु गरेको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । यो ठाउँबाट खोला पसेमा वडानम्बर १, २, ३ र सातका १५ सय बढी घर विस्तापित हुने खतरामा रहेको उनले बताए । नदी दिनप्रतिदिन बढ्दै गएकाले बाढी पस्ने खतरा रहेको अध्यक्ष साहले बताए ।
‘खोला कटान निरन्तर छ । नियन्त्रणको प्रयास गरिरहेका छौँ । यतिको पानी पर्दा त खोला बढी रहेको छ । पानी भर्खर पर्न सुरु भएको छ । अझै बढ्यो भने त खोला गाउँ पस्छ’, उनले भने, ‘हामीलाई विपत्तिले कहिल्यै छाडेन । कोरोनाले सिथिल बनाएको थियो । फेरि बाढीको खतरा छ । केन्द्र सरकारले कटाएर बजेट पठायो । विकास बजेट रकमान्तर गरेर खर्च गदैर् छौँ । बाढी आयो भने कसरी धान्ने हो ।’
प्रत्येक वर्ष बढीले वस्ती बगाउँदा पनि स्थानीय तहले भने कुनै किसिमको पूर्वतयारी गरेका छैनन् । उनीहरु बाढी पसेपछि राहत बाँडौँला भनेर पखेर्र बसेको जस्तो देखिन्छ । बाढी पसेपछि राहत दिने र उद्धार गनेर्बाहेक केही काम गर्न नसकेको पीडितको गुनासो छ । स्थानीय सरकारले घटनापछि राहतबाहेक खोला नियन्त्रणको काम नगरेको उनीहरूको आरोप छ ।
‘हामी त सधैँ यसरी नै डुब्छौँ । हामीले कतिपटक भन्यौँ कसैले सुन्दैनन्’, झापा–१ मिलन बस्तीका बाढीपीडित नारायण मुर्मू भन्छन्, ‘बाढीले बगाएपछि यसरी ल्याउनुभन्दा सुरुमै बाँध बानिदिए त भाइगयो नि !’
बाढीबाट क्षति न्यूनीकरण गर्न र विस्थापितलाई पुनस्र्थापना गर्न स्थानीय तहको कुनै तयारी नरहेको जिल्ला विपद् व्यवस्थापनका सदस्य तथा रेडक्रस सभापति ढकाल बताउँछन् । झापाका अधिकांश स्थानीय तहले ऐनअुसार विपद्को तयारी नगरेको ढकालको आरोप छ ।
‘विपद व्यवस्थापन ऐनले स्थानीय तहलाई शक्तिशाली बनाएको छ । विस्थापित भएकालाई कम्तिमा ६ महिना बस्नसक्ने ठाउँमा पुनस्र्थापना गर्नुपनेर् हो । तर, स्थानीय तहले चासो देखाएका छैन’, उनी भन्छन्, ‘प्रभावित स्थानीय तहले पनि कुनै पूर्वतयारी गरेका छैनन् ।’
झापा गाउँपालिका अध्यक्ष जयनारायण साह पूर्वतयारी गनेर् गाउँपालिकासँग क्षमता नभएको बताउँछन् । तर, खोला नियन्त्रणका लागि जनताको तठबन्धनसँग समन्वय गरिरहेको उनी बताउँछन् । ‘हामीले खोला बाँध्न सक्दैनौँ । जनताको तठबन्धनसँग सहकार्य गरिरहेका छौँ । पहाडको फेदीबाट दुवैतर्फ खोला बाँधेर बोर्डरसम्म पु¥याए मात्र समस्याको समाधान हुन्छ’, उनी भन्छन्, ‘बस्ती स्थानान्तरणको त कुरै छैन । अरू वडा पनि यस्तै छन् । खोला नियन्त्रणको विकल्प छैन ।’
झापा गाउँपालिका–२ सडकबारीकी मेघवती राजवंशीले ६ विघा क्षेत्रफलमा धान खेती गरेकी थिइन् । कृषि पेसा गनेर् उनी खेतीबाट वर्षभरि खाने र बेचेर जीवीका चलाउने योजनामा थिइन् । तर, उनले लगाएको खेतीमा अहिले माई नदी बगिरहेको छ । खेतभरि बालुवा भरिएको छ । अब धान फल्छ र जीवन चलाइन्छ भन्ने त कल्पना मात्र भएको छ, मेघवतीलाई ।
‘अब धानको त आश नै छैन । खोलाले धार नै परिवर्तन ग¥यो । पानी नै अब सधैँ खेतबाट कुद्छ जस्तो छ’, उनले भनिन्, ‘अब वर्षभरि के खाने ? हाम्रो त काम नै यही खेती नै हो ।’ खेती गर्दा राजवंशीलाई एक लाख ऋण लागेको छ । उक्त ऋण कसरी तिनेर् भन्ने चिन्ता छ उनलाई ।
लगातार परेको वर्षासँगै उर्लिएको माई नदी बाँध भत्काएर बस्ती पस्यो । जसका कारण अधिकांशको खेतीयोग्य जमिन बगरमा परिणत गरिदियो । खेतीमा खोला बगेपछि कृषक भने समस्यामा परेका छन् । ‘ऋणपान गरेर खेती गरेका थियौँ । सबै खोलामै डुब्यो’, कृषक हिरालाल राजवंशी भन्छन्, ‘अब धान फर्कने त आश छैन । अबचाहिँ कसरी खाने भन्ने चिन्ता छ ।’
यसपालि मात्र होइन, प्रत्येक वर्ष यसरी नै खती बगाएर लान्छ । कतिपयलाई खोलाले नै सुकुम्बासी बनाइसक्यो । ‘पहिला त जग्गा धेरै थियो । सबै खोलाले लग्यो’, स्थानीय जयप्रकाश राजवंशी भन्छन्, ‘अहिले त खान पनि पुग्ने गरी छैन । धेरैको त नम्बरी जग्गामा खोला कुदेको छ । सुकुम्बासी नै बनायो ।’
खोला नियन्त्रणमा वेलैमा ध्यान नदिँदा समस्या भोग्नुपरेको स्थानीय हरिनारायण राजवंशी बताउँछन् । ‘खोला नियन्त्रणका लागि बेलैमा ध्यान जाँदैन । जब खोलामा बाढी आउँछ अनि मात्र सबै लागेर खोला बाँध्न थाल्छन् । हिउँदमा ध्यानै जाँदैन’, उनले भने, ‘यस्तै, गनेर् हो भने त हामीले त झापा नै छाडेर जानुपर्ला जस्तै भइसक्यो ।’
झापा गाउँपालिका अध्यक्ष साहका अनुसार झापा गाउँपालिकमा एक हजार विघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । अब पानी सुकेपछि मात्र त्यहाँ लगाइएको धान काम लाग्ने नलाग्ने भन्न सकिने उनले बताए । ‘खेती त सखापै पा¥यो’, उनले भने, ‘खेतमा त बालुवा भरिएको छ । किसानको मिहिनेत खेर गयो ।’ मेचीखबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


