
बिर्तामोड, १८ साउन । झापा बिर्तामोड नगरपालिकाको क्वारेन्टिनमा खटिएकी एक महिला प्रहरी जवानमा कोरोना पुष्टि भएको छ ।
क्वारेन्टाइन सुरक्षाका लागि खटिएकी ती महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसंगै झापामा नेपाल प्रहरीमा समेत कोरोनाको संक्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टाइनमा सुरक्षाका लागि खटिएकी ती महिला प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । विगत केही दिनदेखि सुरक्षा निकायका धेरै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसअघि झापाका ३५ जना सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।
यो संगै झापामा कोरोना संक्रमितको संख्या ३७० पुगेको छ भने निको हुनको संख्या ३११ पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



