
झापा, १० बैशाख । वैज्ञानिक प्रणाली अनुसार दुई साताभित्रै पुनः सार्वजनिक सवारी साधनको भाडा बढाउने गृहकार्य सुरु भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रस्ताव तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको छ ।
गत चैत २५ गते सरकारले यात्रु वाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी मालवाहकमा २१.६८ प्रतिशत र तराई मालवाहकमा १५.७५ प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो । तर, त्यसपछि डिजेलको मूल्य दुई पटक वृद्धि भई प्रति लिटर १८२ रुपैयाँबाट २३७ रुपैयाँ पुगेको छ।
वैज्ञानिक कार्यविधिअनुसार इन्धनमा १५ प्रतिशतभन्दा बढी मूल्य वृद्धि हुँदा स्वचालित रूपमा भाडा समायोजन हुने व्यवस्था छ । हाल डिजेलमा करिब ३० प्रतिशत मूल्य वृद्धि भएकाले पुनः भाडा बढाउने प्रक्रिया अघि बढाइएको हो ।
Facebook Comments Box



