
विराटनगर, २२ साउन । कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसालेसनमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषलाई भर्नालगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । ती पुरुष विहान सवा ९ बजे अस्पताल पुगेका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
शुक्रबार दिउँसो कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । मृतकमा एक सातादेखि ज्वरो र खोकीको समस्या रहेको थियो । उनी उच्च रक्तचापको समस्याले पनि पीडित थिए । यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ३ पुगेको छ । मोरङमा ज्यान गुमाउनको संख्या पाँच पुगेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



