
बिर्तामोड, २४ साउन । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न कनकाई नगरपालिकाले हाट बजार बन्द गरेको छ ।
नगरपालिकाको आजको नगर कार्यपालिकाको निर्णय बमोजिम आगामी भदौ ५ गतेसम्मका लागि नगर क्षेत्रका सबै हाट बजार बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
‘बढ्दो संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न अर्को सूचना नहुञ्जेलका लागि आइतबारदेखि हाटबजार बन्द गर्ने निर्णय भएको हो’, उहाँले भन्नुभयो । अन्य पसल, बैंक तथा वित्तीय संस्थाहरु बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मका लागि मात्र खुल्ला गर्न पाइने नगरप्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।
‘कोरोनाको संक्रमणबाट नगरबासीलाई बचाउनु हाम्रो दायित्व हो’, उहाँले भन्नुभयो, ‘यसमा नगरबासीको साथ र सहयोग अपरिहार्य छ ।’ निर्णय विपरीत कसैले व्यवसाय सञ्चालन गरेमा संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
कनकाईमा समुदाय स्तरमा कोरोना देखिएसँगै नगरपालिकाले नगरमा आशिंक लकडाउनको निर्णय समेत गरेको हो ।
यस्तो छ नगरपालिकाको सूचना

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


