
मोरङ, ३२ साउन । मोरङको विराटनगर महानगरपालिका–१४ मा रहेको पोखरीमा डुबेर १६ वर्षीय बालकको मृत्यु भएको छ ।
आज बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका बिराटनगर महानगरपालिका–१५ का १६ बर्षीय बिशाल चौधरीको खोजतलास गर्ने क्रममा दिउँसो सवा १ बजे सोही पोखरीमा मृत अवस्थामा फेला पारेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

