
झापा, ३२ साउन । विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको बताए । पर्सा जिल्लाका एक जना पुरुष र मोरङ जिल्लाका एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण १०४ जनाको मृत्यु पुष्टि भएको छ । आइतवार २१८ महिला र ४२३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

हाल भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा १३४ जना निको भइ घर फर्किएका छन् । त्यसैगरी हालसम्म १७ हजार ३३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ । विगत २४ घण्टामा १२ हजार २०० को पीसीआर परीक्षण भएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

