
झापा, २ भदौ । सुनको मूल्य फेरि बढेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख रुपैयाँ पार गरेको हो ।
यसअघि सुनको मूल्य तोलामा १ लाख ३ हजार ५०० सम्म पुगेर घट्दै गएकोमा बुधबार फेरि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार बढेर १ लाख ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार १३८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

