
इनरुवा, २ भदौ । सुनसरीको भोक्राहा नरसिंह–७ निवासी पत्रकार दिपेन्द्र यादवलाई पितृ शोक परेको छ । पत्रकार यादवका पिता राजेश्वर यादवको सोमवार ५३ वर्षको उमेरमा निधन भएको हो ।
पत्रकार यादवका पिताको अन्तिम संस्कार सोमवार नै गरिएको छ । यादवको अन्तिम संस्कार सुनसरी खोला आर्यघाटमा गरिएको जनाएको छ । यादवप्रति जनता समाजवादी पार्टी सुनसरी र नेपाल पत्रकार महासंघ सुनसरीले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति समवेदना प्रकट गरेको छ ।

शोक सभामा नेपाल पत्रकार महासंघका सुनसरी अध्यक्ष अमर खड्का , प्रदेश सदस्य जष्यकृष्ण यादव, जिल्ला सदस्य टोमराज मेहता, अजित झा, पत्रकार प्रमोद यादव , सुरेन्द्र मेहता, बिरेन्द्र साह लगायतका पत्रकार सहित गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव र जसपा जिल्ला अध्यक्ष भगिरथ खत्वे लगायतकाले श्रद्धाञ्जली सहित समवेदना प्रकट गर्नुभयो । यादवको क्यानसरका कारण मृत्यु भएको परिवारजन जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

