
झापा, ३ भदौ । रोटरी क्लब अफ भद्रपुरले मंगलबार झापाको पूर्व दक्षिण क्षेत्र बनियानी, हिमाली, सोमवारे, सगरमाथा र ज्ञाने चौकमा मास्क वितरण गरेको छ ।
कोरोना भाइरसको न्यूनीकरणमा प्रभावकारी उपायका रुपमा रहेको मास्क प्रयोगलाइ सर्वधारणको समेत सहज पँहुच र प्रयोग गर्ने बानिको बिकास होस भन्नाका खातिर रोटरी भद्रपुरले आज दुइ हजार मेडिकियर मास्क वितरण गरेको हो ।

रोटरी क्लब अफ भद्रपुरका प्रसिडेन्ट आदित्य पराजुलीको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रम पछि स्थलगत रुपमा सोहि ठाउँमा पुगि मास्क वितरण गरिएको रोटरी भद्रपुरका सेक्रेटरी इश्वर अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा पाष्ट प्रेसिडेन्टद्धय दिपेश ढकाल, टिकाराज ढकाल, भाइस प्रेसिडेन्ट डाक्टर नवराज कोइराला, चार्टर प्रेसिडेन्ट किशोर पराजुली प्रेसिडेन्ट इलेक्ट विगत ओझा, रोटरी फाउन्डेसन चेयर विनोद चापागाइ, बावुराम पराजुली, टेजरर पवन श्रेष्ठ, क्लव डाइरेक्टर कविन राई, प्रकाश श्रेष्ठ, रमेश श्रेष्ठ लगायतको सहभागि थियो ।
रोटरीले यस अघि पनि कोरोना विरुद्ध जनचेतना जगाउन भद्रपुर चन्द्रगढीमा मास्क वितरण गरेको थियो । कार्यक्रमको सहजीकरण रोटयक क्लव अफ भद्रपुरले गरेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

