
काठमाडौँ, ३ भदौ । मालीका राष्ट्रपति इब्राहिम बुबाकार केटलाई विद्रोही सैनिकले पक्राउ गरेको छ, यसको पुष्टि माली सरकारका प्रवक्ताले बीबीसीसँग गरेका छन् ।
मालीका राष्ट्रपति सँगै सैनिकले देशका प्रधानमन्त्री बोबू सिसेलाई पनि हिरासतमा लिएका छन् । सेनाको यो विद्रोहको सुरुवात मंगलबार मालीको राजधानी बामाको नजिकै एक महत्वपूण सैनिक क्याम्पमा गोलीको आवाज सुनिएसँगै भएको हो ।

बामाकोबाट १५ किलोमिटर टाढा रहेको काटी क्याम्पमा असन्तुष्ट कनिष्ठ अधिकारीले कमान्डरलाई हिरासतमा लिए र त्यसपछि क्याम्पमा कब्जा जमाए । त्यसपछि युवाले शहरको सरकारी भवनलाई आगो पनि लगाइदिए । मालीका राष्ट्रपतिको राजिनामाको मागको विषयमा मालीमा विरोध प्रदर्शन पनि चलिरहेको थियो । स्रोतः बीबीसी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

