
झापा, ३ भदौ । बितेको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ६ जनाको मृत्यु भएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १२० पुगेको जानकारी दिए । उनका अनुसार काठमाडौं र बर्दियामा १—१ जना पुरुषको मृत्यु भएको छ । यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १—१ जना महिला गरी ६ जनाको मृत्यु भएको गौतमले बताए ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जनासहित देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

