
बिर्तामोड, ३ भदौ । झापाको कनकाई नगरपालिका–८ की ४३ वर्षीया मेनुका ढुंगेल बाँस्तोलाले उपचारका लागि सहयोग गरिदिन अपिल गरेकी छन् । ब्लड क्यान्सरबाट पीडित बाँस्तोलालाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो ।
परिवारिक स्रोतका अनुसार ढुंगेलको छ महिनादेखि काठमाडौँको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ ।

‘अहिलेसम्म उपचारमा १३ लाख रुपैयाँ खर्च भइसकेको छ, थप उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिनु हुन अनुरोध छ’, विरामीका दाजु चन्द्र ढुंगेलले भने, ‘थप आठ लाख खर्च हुने भनिएको छ, त्यसैले सहयोगका लागि सबैसँग आग्रह गरेका हौं ।’
नगरपालिकाको वडा नं. ८ का वडाध्यक्ष प्रेम कटवालको अध्यक्षतामा आर्थिक सहयोग संकलनका लागि ‘मेनुका बचाउ समिति’ पनि गठन भएको छ । समितिमा कनकाई उद्योग वाणिज्य संघ, सुरुङ्गा जेसिज, रोटरी क्लब लगायतका संघसंस्थाका प्रतिनिधि पनि सदस्य छन् ।
ढुंगेललाई सहयोग जुटाउन गोमादेवी निरौला ढुंगेल र छवि कट्टेलको नाममा एनआईसी एसिया बैंकमा २१०४१५०८९५१७८००१ नम्बरको खाता खोलिएको छ । थप जानकारीका लागि कट्टेलको मोबाइल नम्बर ९८४२६७०८८० वा निरौलाको ९८६३७६५१९६ वा दाजु चन्द्र ढुंगेलको ९८४२६५२८०० मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

