
बिर्तामोड, ३ भदौ । झापामा आज १८ जनामा कोरोना पुष्टि भएको छ । एक महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका महामारी कार्यक्रम संयोजक जीवन चम्लागाईंले जानकारीले जानकारी दिनुभयो ।
जिल्लामा आज पाँच वटा स्थानीयमा कोरोना संक्रमित फेला परेको हो । दमकमा १३ जना, कमल गापा, कचनवल र बिर्तामोडमा १–१ जनामा तथा बाह्रदशी मा दुई जना गरी १८ जनामा कोरोना देखिएको उहाँले बताउनुभयो ।

Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

