
बिर्तामोड, ७ भदौ । झापामा आज चार जना महिलासहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कमल गाउँपालिकामा ३, जिल्ला प्रहरी कार्यालयका १ सुरक्षाकर्मी, बिर्तामोडमा २ र गौरादह नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा हालसम्म ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३९७ जना निको भएर घर फर्किएका छन् भने १०१ जना उपचाररत रहेको कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


