
बिर्तामोड, ९ भदौ । आज झापाका चार स्थानीय तहका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भद्रपुरका चार, गौरीगञ्जका एक, कमल गाउँपालिकाका दुई र कनकाई नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा एक महिला र सात जना पुरुष रहेका छन् ।
उनीहरुमध्ये एक जना प्रहरी, भारतबाट आएका तीन जना, औषधि व्यवसायी एक र स्थानीय तीन जना रहेका छन्् । झापामा हालसम्म संक्रमितको संख्या ५१८ जना पुगेको छ भने चार सय जना निको भएर घर फर्किएका छन् । ११८ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


