
काठमाडौं, १६ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ गरी १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४० हजार नाघेको छ । उनका अनुसार संक्रमितको कुल संख्या जम्मा ४० हजार ५२९ पुगेको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ।
यस्तै संस्थागत आइसोलेशनमा १० हजार ८३२ र होम आइसोलेशनमा ७ हजार २८० जना रहेका छन् । १२ हजार ८८ जनाको पीसीआर परीक्षण भएको गौतमले बताए । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ७६८ रहेको छ भने कुल निको हुनेको संख्या २२ हजार १७८ जना रहेको छ ।
नेपालमा कोरोनाबाट एक चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार एक ४ वर्षीया बालिका र १० जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । पर्सामा ३ तथा काठमाडौं र महोत्तरीमा २—२ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।
पर्सामा ५३, ८० र ६० वर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै महोत्तरीमा ४ वर्षीया बालिका र ३७ पुरुष तथा काठमाडौंमा काठमाडौं ७० र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी सिरहामा ६५ वर्षीय, बारामा ६० वर्षीय, चितवन ५२ वर्षिय र मकवानपुर ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



