
मोरङ, २२ भदौ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा आज थप एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पौडेल थरका पुरुषको आज बिहान मृत्यु भएको केन्द्रमा मुख्य व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि यही शनिबार केन्द्रमा ल्याइएको थियो । ती वृद्ध यही भदौ ११ गते सङ्क्रमित भएका थिए भने नौ दिनदेखि होम आइसोलेसनमा बसिरहेको व्यवस्थापक बस्नेतले बताए । वृद्ध लामो समयदेखि उच्च रक्तचापबाट पीडित रहेका थिए । रासस
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



