
बिर्तामोड, २३ भदौ । झापा आज १४ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका पाँच स्थानीय तहका सात महिला र सात पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।
बिर्तामोड–४ र ९ नम्बर वडाका एक/एक जना महिला र पुरुष (स्थानीय र भारतबाट आएका), गौरीगञ्ज–१ का एक/एक जना महिला र पुरुष (भारतबाट आएका), शिवसताक्षी–५ र ६ का दुई महिला र दुई पुरुष गरी चार जना (एक स्वास्थ्यकर्मी र तीन जना स्थानीय), दमक–५, ९ र १० नम्बर वडाका तीन महिला र दुई पुरुष (तीन स्थानीय, दुई स्वाथ्यकर्मी) र बाह्रदशी–३ नम्बर वडाका एक पुरुष (स्थानीय)मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



