
सिरहा, २९ भदौ । सिरहामा थप एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर घर भएकी ३३ वर्षीया महिलाको ज्यान गएको हो ।
लामो समय देखि ज्वरो आइरहेको उनी जनकपुरस्थित काब्या अस्पताल जनकपुरमा भर्ना भएकी थिइन् । अस्पतालमै पीसीआर परीक्षण गर्दा ती महिलालाई कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पताल जनकपुरमा सारिएको थियो ।
उपचारकै क्रममा उनको आइतबार साँझ ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादबले जानकारी दिए।
सिरहामा कोरोना भइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


