
झापा, ३ असोज । सर्वाधिक चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदै छ । कोरोना प्रभावका कारण भारतमा खेल सम्भव नभएपछि आजदेखि यू ए ईमा खेल सुरु हुन लागेको हो ।
प्रतियोगितामा भारतका आठवटा फ्रेन्चाइज क्लबहरु सहभागी हुँदै छन् । प्रतियोगितामा मुम्बई इन्डियन्स, चेन्नई सुपर किङ्ग्स, रोयल च्यालेन्जर्स बैँग्लोर, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, कोलकत्ता नाइट राइडर्स, किंग्स इलेभेन पञ्जाब र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन् । खेल यू ए ईका मुख्य तीन सहर दुबई, आबुधाबी र शारजहाँमा हुनेछ ।
आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र तीन पटकको आई पी एल विजेता चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ ७ः४५ बजे यू ए ईको आबुधाबीमा सुरु हुनेछ । मुम्बई इन्डियन्स रोहित शर्माको कप्तानीमा मैदानमा उत्रँदै छ भने चेन्नई सुपर किंग्स महेन्द्र सिंह धोनीको कप्तानीमा मैदानमा उत्रँदै छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


