
अर्जुनधारा, ३ असोज । नेपाल विद्यार्थी संघ अर्जुनधारा नगर कमेटीले संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
शनिवार साँझ शनिशचरे बजारस्थित जेष्ठ चैतारी परिसरमा नेपालको अंकित नक्सा सडकमा कोरेर दिप प्रज्वलन गरि संविधान दिवस कार्यक्रम गरिएको नगर सभापति दिपेन धिमालले बताए ।

कार्यक्रम पुर्व मन्त्री केशव कुमार बुढाथोकी ,नेपाली काङ्ग्रेस तरुण दल बिभाग्य केन्द्रीय सदस्य मदन बुढाथोकी, महा अधिवेशन प्रतिनिधि मोहन सुब्बा , जिल्ला सहसचिव मिलन चापागाईं, जिल्ला सदस्य इसान पौडेल लगाएतको उपस्थिति रहेको थियो ।
आज असोज ३ गते संविधान दिवसको अवसरमा देशैभरि दीप प्रज्वलन गरी मनाइँदैछ ।


झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


