
झापा, ६ असोज । संखुवासभा चैनपुर–४ का ७६ वर्षीय बुद्धिबहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ ।
हिजो साँझ साढे ५ बजे चैनपुर बतासेबाट घर तर्फ आउदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लुम्बुको मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी सिद्धपोखरीमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यसैगरी, मोरङ जहदा–१ बस्ने १७ बर्षीया रबिना ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको छ । आज बिहान ७ बजे जहदा मुसहरी टोल स्थितमा रहेको पानी जमेको खाडलमा परी रबिनाको डुबेर मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय बुधनगरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


