
झापा, ८ असोज । अविरल वर्षासँगै आएको पहिरोमा परि स्याङ्जामा दुई जनाको मृत्यु भएको छ भने पाल्पाको रम्भा गाउँपालिकामा पाँच जना पुरिएका छन् ।
कालिगण्डकी गाउँपालिका वडा नं. ४ मा पहिरोले दुई घर पुरिएको र एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए ।
क्षेत्रीका अनुसार बालिङ नगरपालिका ९ कमादीमा गएको पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने नौ जना हराईरहेका छन् । पहिरोमा परि हराएकाहरुको खोजी र उद्धारका लागि नेपाल प्रहरीको टोली परिचालन गरिसकेको क्षेत्रीले बताए ।
यता, गएराती आएको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जनालाई पुरेको खबर आएको पाल्पाका एसपी सन्तोष भट्टराईले बताए ।
घटनास्थल हुँगी प्रहरी चौकीबाट ३ घण्टाको दुरीमा छ । ‘५ जना पुरिएको खबर आएको छ’ एसपी भट्टराईले भने–‘हुँगीबाट पनि प्रहरी पुग्दै छ, म पनि घटनास्थल तर्फ जाँदै छु ।’ रातोपाटीबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


