
मोरङ, ८ असोज । सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने २ जना मोरङबाट पक्राउ परेका छन् ।
इमोमा २५ लाखको चिट्ठा परेको भन्दै चितवनस्थित कालिका नगरपालिका–४ की ४४ बर्षीय महिलालाई ठगी गरेको सुचनाका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ बर्षीय साहिल हुसेन अन्सारी सोही स्थानका वडा नं ९ वस्ने २७ बर्षीय कामेश्वर स्वर्णकारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय टाँडीले जानकरी दिएको छ ।
प्रहरी नायब उपरीक्षक रबिन कार्कीका अनुसार पीडित ४४ बर्षीय सिता थपलिया २ लाख ८० हजार रकम ठगीएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । पीडित महिलालाई चिट्ठा वातपको पैसा पच्चीस लाख पाउने आशमा पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार रकम आइएमई मार्फत मार्फत मोरङमा पठाउन लगाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका दुवैलाई ईलाका प्रहरी रत्ननगर टाँडी ल्याई अदालतवाट पहिलो पटक ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


