
बिर्तामोड, ८ असोज । झापा बिर्तामोड नगरपालिका–७ का राजु मर्डीका २ वर्षीय छोरा जीवन मर्डी आज मृत अवस्थामा फेला परेका छन् ।
बुधबार राति ९ बजे जीवन घरबाट हराई बेपत्ता भएका थिए । आफन्तले खोजी गर्ने क्रममा आज बिहान ६ बजे सोही स्थितमा रहेको रेखा खोलाले बगाएको अवस्थामा ३ सय मिटर दुरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाका सम्बन्धनमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


