
बिर्तामोड, ९ असोज । झापा बिर्तामोड नगरपालिका–५ स्थित एक घरको छतबाट लडेर १३ वर्षीय बालिकको मृत्यु भएको छ ।
बिहीबार राती १० बजे खाना खाइसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा १३ वर्षीया बालिका कृतिका भण्डारीको मृत्यु भएको हो । छतबाट लडेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक कृतिका पाँच दिन अघि काठमाडौँबाट मावली घरमा आएकी हुन् । मावली घरकै चार तला माथिको छतबाट झरेर उनको मृत्यु भएको कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


