
बिर्तामोड, १० असोज । झापाको बिर्तामोड नगरपालिकामा माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रबार राति बिर्तामोड–५ मा बा.४ ख ५१०० नम्बरको माइक्रो बसले पैदल यात्री पाँचथर याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बूलाई ठक्कर दिएको थियो । माइक्रोको ठक्करबाट गम्भीर घाइते लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बाटै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।
ठक्कर दिने माइक्रो र चालक भद्रपुरका बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


