
भद्रपुर, ११ असोज । झापाको भद्रपुरमा १८६ जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
नेकपा भद्रपुर–४ को वडा कमिटीद्वारा शनिबार आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी उनीहरु नेकपामा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा १ नम्बर प्रदेश कमिटीका संयोजक देवराज घिमिरे लगायतका नेताले पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा प्रदेश संयोजक घिमिरेले समाज विकासको अभियानको कहीँ नतिजा आइरहेको छ, भने केही आउने क्रममा रहेको बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य हरि राजवंशी, प्रदेशसभा सदस्य वसन्त बानियाँ, झलकसिंह दर्लामी, झापा अध्यक्ष चिन्तन पाठक, प्रदेश कमिटीका सदस्य डिल्ली घिमिरे हिक्मत, जिल्ला सचिवालय सदस्य जीवनकुमार श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राखेको नगर इन्चार्ज असारु राजवंशीले जानकारी दिए ।
वडा कमिटीका अध्यक्ष दिपक कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वडा अध्यक्ष हंशधर राजवंशी र सञ्चालन धनबहादुर प्रधानले राखेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


