
बिर्तामोड, ११ असोज । झापाको कनकाई नगरपालिकाका एक कारोनो संक्रमितको मृत्यु भएको छ ।
कनकाई–९ का ४७ वर्षीय कोरोना संक्रमितको शनिबार राति १०ः५४ बजे मृत्यु भएको कनकाई नगरपालिकाका कोभिड–१९ फोकल पर्सन लक्ष्मी अधिकारीले जानकारी दिनुभयो । केही दिनदेखि स्वास्थ्यमा समस्या आएपछि मेची अञ्चल अस्पतालमा भर्ना गरिएका मृतकको शुक्रबार पिसिआर परीक्षणका क्रममा शनिबार कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
मृतक उच्चरक्तचाप र मधुमेहका बिरामी भएको फोकल पर्सन अधिकारीले बताउनुभयो । मेची अस्पतालमा उपचार सम्भव नभएपछि शनिबार राति कोशी कोभिड अस्पताल रिफर गरिएका संक्रमितको राति नै अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ भने कोरोना संक्रमितको संख्या ८४३ पुगेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


