
काठमाडौँ, ५ भदौ । वाणिज्य विभागको अनुगमन टोली सोमबार विहानै कालिमाटी पुग्दा तरकारी लिएर ललितपुर र बाराबाट आएका दुई गाडी भित्र पस्दै थिए ।
टोलीले दुवै गाडीका चालकसँग विल र कागजात माग्यो । नपाएपछि नियन्त्रणमा लियो । लगत्तै ब्यापारी भेला भए र विरोध गर्न थाले ।
त्यसपछि विवाद यति उग्र भयो कि व्यवासायीले अनुगमन टोलीलाई नै नियन्त्रणमा लिए । तरकारी विग्रिन्छ, खुला गरिदिनुस भन्दै व्यवासयी भेला भए, टोलीका संयोजक दीपक पोखरेलले भने, कारवाही अघि बढाउँछौँ भन्दा नाराजुलुस गरे ।
व्यापारीहरुले अनुगमन गर्न पाइँदैन सरकारी ोली मुर्दाबाद भन्दै नारा लगाएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

