
विराटनगर, ५ भदौ । प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा भदौ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
संघीय सरकारले सार्वजनिक बिदा कटौती गरेपछि प्रदेश सरकारले निर्णय गरेर विदा दिन थालेका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

