
भारतको मध्य प्रदेशको सागर क्षेत्रमा बालिका बलात्कार गर्दै गरेका युवकलाई कुकुरले टोकेपछि बालिका उम्कन सफल भएकी छन् । १४ वर्षीया बालिकालाई दुईवटा युवकले बलात्कार गरिरहेको अवस्थामा घरमा पालेको कुकुरले दुवै बलात्कारीमाथि झम्टिन पुग्यो । कुकुरले बलात्कारीमाथि झम्टिँदै गर्दा एउटाको खुट्टामा गहिरो चोट लाग्ने गरी टोकी दियो ।
शनिबार राति बालिकाकी हजुरआमाले बालिकालाई मच्छर मार्ने धुप किनेर ल्याउन भनेकी थिइन । उनी धुप किन्न बाहिर निस्कँदै गर्दा दुई युवकले जबरजस्ती उठाएर घरनजिकै अँध्यारो ठाउँमा लगेका थिए । त्यसपछि उनीहरुले बालिकाको मुखमा कपडा कोची बलात्कार गर्ने प्रयास गरे । त्यही बेला बालिकाले पालेको कुकुर आएर बलात्कारीको खुट्टामा गहिरो घाउ हुनेगरी टोकिदियो। उनीहरु त्यहाँबाट भागेपछि बालिका उम्कन सफल भएकी हुन् ।
भारतको मोती नगर पुलिस स्टेसनका इन्सपेक्टर विपीन ताम्राकारका अनुसार घटना शनिबार राति भएको भएपनि पीडित बालिकाले बलात्कारीको डरले आइतरबार मुद्दा दर्ता गराउन सकिनन् । बालिकाले परिवारका सदस्यसँग घटनाबारे जानकारी गराउँदा उनीहरु अचम्ममा परे । यसअघि मदिरा तस्करीको आरोपमा जेल परेका उनीहरु तत्काल जेलबाट छुटेका थिए । घटनाको अनुसन्धान भइरहेको छ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

