
झापा, १० मंसिर । नियमित कार्यक्रमअन्तर्गत आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ खुवाइँदै छ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।
भिटामिन ‘ए’ सँगै जुकाको औषधि र पोषण तत्त्वले बनेको बालभिटा खुवाउने कार्यक्रमका साथै बालबालिकाको पाखुराको नापसमेत आज र भोलि लिइने छ । ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा ख्वाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ ।
२७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् भने ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकाले जुकाको औषधि दुई दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ । भिटामिन ’ए’ कार्यक्रम देशभरका ५२ हजार स्वास्थ्य स्वयमसेविका सक्रियतामा दुई दिने कार्यक्रम सम्पन्न हुने छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



