
इटहरी, २० मंसिर । इटहरीमा पाँच सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ ।
इटहरी उपमहानगरद्वारा आयोजित सरोकारवाला सबै पक्ष उपस्थित बैठकले उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो । समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम, याम सुब्बा, ईश्वर भट्टराई, हेमकर्ण पौडेल, रोहित प्रसाईं, हेम घिमिरे, भीम पौडेल, धु्रव सुब्बा, मेदनी सिटौला र वजरंग अग्रवाल हुनुहुन्छ ।
श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपालद्वारा प्रस्तावित पाँच सय शैय्याको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति बनाइएको हो । जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ ।
सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता,प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा,लिलम वस्नेत हुनुहुन्छ । हस्पिटल सम्भाब्यता अध्यन समितिका संयोजक हेम घिमिरेले वैठकमा हस्पिटलको अवधारणा पेश गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



