
झापा, २७ मंसिर । प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी , तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिनुभयो । २ लाखको कोरोना परीक्षण गर्दा २८ हजार ८१२ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सवैभन्दा बढीको कोरोना परीक्षण गरेको छ । उसले ६३ हजार ९२६ जनाको परीक्षण गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ४८ हजार ७४४, कोशी अस्पतालले ४१ हजार ९ सय, नोवेल मेडिकल कलेजले १८ हजार ७३०, मेची अस्पतालले १० हजार ९५८, कनकाई पीसीआर प्रयोगशालाले ६ हजार ९८३, विराट मेडिकल कलेजले ४ हजार १४६, न्युरो अस्पतालले २ हजार ८३२ र अन्य प्रयोगशालाहरुमा १ हजार ९५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



