
झापा, ९ फागुन । कोरोना महामारी ९कोभिड–१९०ले ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ ।
छालारोग विशेषज्ञ डा। मेलिना अमात्यले भनिन्, “कोरोना सङ्क्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्न ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्छ ।”
हात धुन सम्भव भएको ठाउँमा सेनिटाइजरको प्रयोग गर्नु गलत बानी भएको बताउँदै उनले विभिन्न रसायन र अल्कोहल प्रयोग गरेर तयार गरिने सेनिटाइजरले कतिपय अव‚थामा हानि गर्ने बताइन् ।
डा. अमात्यले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको प्रस्ट पार्दै भनिन्, “हात फोहोर भएको बेला सेनिटाइजर होइन, साबुनपानीको प्रयोग गर्नुपर्छ । सेनिटाइजर प्रयोग गरिएको २० सेकेन्डपछि मात्र कीटाणु मर्छ ।” आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



