
बिर्तामोड, ११ चैत । झापाको बिर्तामोडमा आज विश्व क्षयरोग दिवस मनाइएको छ ।
‘संकेत समयको क्षयरोग अन्त्यको’ भन्ने नाराका साथ बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा दिवस मनाइएको हो । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा क्षयरोग निवारणमा योगदान पु¥याउने चार जनालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सूर्योदय टेलिभिजनका पत्रकार तिलक योञ्जन, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका गंगाकुमारी केसी, चारपाने स्वास्थ्य चौकीका कृष्णकुमारी अधिकारी, गरामनी स्वास्थ्य चौकीका राजेन्द्र निरौला, अनारमनी नगर अस्पतालका अजय बिकलाई सम्मान गरिएको थियो ।

कार्यक्रमा नगर प्रमुख शिवाकोटी उहाँले प्रतिनिधिमूलक रुपमा सम्मान गरिए पनि क्षयरोग निवारणमा सबैको भूमिका गहन भएको बताउनुभयो । उहाँले क्षयरोग निवारणमा सबै जना सचेत हुन आवश्यक हुनुपर्नेमा जोड दिनुभयो ।
स्वाथ्य शाखा प्रमुख ओम खड्काले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, प्रशासन शाखा प्रमुख देवराज कार्की लगायत उपस्थिति रहेको थियो । ‘संकेत समयको क्षयरोग अन्त्यको’ नारासहित छोटो ¥याली समेत निकालिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



