
झापा, १२ चैत । बितेको २४ घण्टामा देशभर १२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको समेत भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ। यस्तै हालसम्म ३ हजार २० जनाको मृत्यु हुँदा सक्रिय संक्रमित १२१७ जना रहेको मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



