

मेचीनगर २९ माघ। मेचीनगर नगरपालिका वडा नंं १४ दुवागढीस्थित मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ ।
आज बिहान ४.३० बजेदेखि आगलागी शुरु भएको अनुमान गरिएको छ ।
आगो निभाउन झापा ,मोरङ, इलाम र सुनसरीका दमकललाई बोलाइएको छ ।
बिहानैदेखि आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताउन भयो ।
यस अघि पनि मेचीनगर काँकरभिट्टा स्थित एसएस फुटवेयरमा आगलागी भएको ९ दिनपछि मेचीनगरमा अर्को भीषण आगलागी भएको थियो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

