

बिर्तामोड , २ फागुन। बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै उत्कृष्ट घोषित भए सँगै एक कार्यक्रमका बीच पुरस्कृत गरिएको छ ।
सोमबार काठमाण्डौको दरबार मार्गस्थित होटल याक एण्ड यतिमा नगर विकास कोषको ३४ औं बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बिर्तामोड खानेपानी संस्थालाई दोस्रो पटक पुरस्कृत गरिएको हो ।

संस्थाको अध्यक्ष जलकुमार गुरुङ र सचिव मेघराज बाँस्तोला लाई शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कदर पत्र हस्तान्तरण गर्नुभएको थियो ।
यस अघि सन् २०१८ मा देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यो वर्ष दोस्रो पटक पुनः उत्कृष्ट बनेको हो ।
संस्थाले खानेपानी आयोजना संचालन ,पानीको गुणस्तरीयता ,लिकेज , मर्मत संभारका लागि लिएको ऋणको भुक्तानी , आयोजना निश्चित समयमै सम्पन्न ,उपभोक्ताहरुलाई दिएको महशुल , सुविधा लगाएत मापदण्डका आधारमा विज्ञ टोलीको अध्ययन मूल्यांकनले संस्थालाई देशकै उत्कृष्ट घोषित गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

