
काठमाडौं, ३१ भदौ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन गर्न अर्को ‘शक्तिशाली’ समिति गठन गरिएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एजआईजी) बढुवामा सिफारिस भएका डीआइजी धिरु बस्नेतको संयोजकत्वमा अर्को समिति गठन गरिएको हो । घटनाको अनुसन्धानका क्रममा ६ जना प्रहरी नै निलम्बनमा परेपछि अनुसन्धान प्रभावकारी बनाउन डीआर्इजी बस्नेतको नेतृत्वमा समिति गठन गरिएको हो ।
यो समितिले सुरूमा अनुसन्धानमा खटिएका प्रहरीको अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउने प्रहरी हेडक्वाटरका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए । यसअघि पनि उत्तम सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


