
चितवन, ३ असोज । नवलपुरको बुलिङ्टार–६ अत्रौलीस्थित शिव माध्यामिक बिद्यालयका प्रधानाध्यापकले विद्यार्थी कुट्दा कान फुटेको छ ।
शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गर्दा कान फुटेको हो । घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ ।
विद्यालयमा निर्धारित समयभन्दा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थना चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए । प्रधानाध्यापक श्रेष्ठले आफुले कुटेको स्वीकार गरेका छन् । खुमानलाई गालामा कुट्दा कानमा लागेर रगत बगेको बताएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


