
झापा, २६ साउन । कोरोनाभाइरस कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप हालसम्म ७३ लाख ६९ हजार १०८ जनाले बुस्टर मात्रा लगाएका हुन् । कूल जनसंख्याको ३१.६ प्रतिशतले मात्रै बुस्टर मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीले कोभिड–१९ संक्रमणबाट मृत्यु भएका मध्ये ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको बताए ।
त्यसैले खोप नलगाएकाहरु उच्च जोखिममा रहेकोले आफ्नो नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यकताअनुसार कोभिड–१९ विरुद्धको पहिलो दोस्रो र बुस्टर मात्रा खोप लगाउन हालसम्म पनि नलगाएकालाई उनले आग्रह गरे । कोभिड–१९ बाट संक्रमित लगभग ५० प्रतिशत मानिसहरुमा कुनैपनि लक्षण देखिँदैन ।
खोप नलगाएकाहरुलाई कोरोना संक्रमण भएको खण्डमा गम्भीर रुपमा बिरामी पर्नुका साथै मृत्यु हुनसक्ने सम्भावना खोप नलगाएका मानिसको तुलनामा १० गुणा बढी हुने उनले बताए । बुस्टर मात्रा खोपले गम्भिर बिरामी पर्ने वा मृत्यु हुनबाट लगभग ८५ प्रतिशत सुरक्षा प्रदान गर्ने उनले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



