
झापा, २ भदौ । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ४ हजार ९३० जनामा गरिएको परीक्षणका क्रममा ५४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सोही अवधिमा ४२१ जना निको भएका छन् । यस्तै सो अवधिमा मृत्यु भने कसैको भएको छैन । हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



