
झापा, २ भदौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा पढाउने शिक्षकको मापदण्ड तोकेको छ । चिकित्सा शास्त्रको स्नातक तह र स्नातकोत्तर तहमा अध्यापन गर्ने शिक्षकको उमेर, योग्यता र पद लगायतका विषयमा एकरूपताका लागि चिकित्सा शिक्षा आयोगले मापदण्ड तय गरेको हो ।
२४ साउनमा आयोगले ‘उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको थियो । यसमा भएको उमेरको मापदण्ड पाँच वर्षपछि कार्यान्वयनमा आउने आयोगले जनाएको छ । सबै विधाका शिक्षक (फ्याकल्टी) को उमेर ७० वर्ष भन्दा बढी हुन नपाउने भएको छ ।
अब ‘उच्च शिक्षा तहका शिक्षकको न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ स्वीकृति भएसँगै नयाँ मापदण्ड तय भएको नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



